भरतपुर । नेकपा एमाले चितवनको आठाँै अधिवेशनले जगन्नाथ थपलियाको नेतृत्वमा ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनको बन्द सत्रमा निर्वाचनमा प्रस्तुत दुई उम्मेदवारमध्ये निवर्तमान अध्यक्ष कृष्ण खनालले उम्मेदवारी फिर्ता लिएपछि थपलिया निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यस्तै अधिवेशनले अध्यक्षसहित अन्य पदाधिकारीहरु पनि निर्विरोध निर्वाचित गरेको छ । विधानअनुसार ७१ सदस्यीय कार्यसमितिको निर्वाचन हुने भनिए पनि सर्वसम्मतको लागि भन्दै ९१ सदस्यीय ठूलो कार्यसमिति बनेको हो ।
विजयी भएपछि चितवन पोष्टसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष थपलियाले जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो । अधिवेशनले उपाध्यक्षमा पुरानै अनुहारलाई निर्विरोध गरेको छ । कृष्णभक्त पोख्रेल यसपटक पनि उपाध्यक्षमै रहनुभएको छ ।
त्यस्तै सचिवमा तेजेन्द्र खड्का र उपसचिवमा पार्वती रावल निर्विरोध हुनु भएको छ । उपाध्यक्षमा कृष्ण भुर्तेल, सचिवमा अरुणपीडित भण्डारी, इमानसिँह लामा र सहसचिवमा सहदेव लकान्द्रीले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि उहाँहरु निर्विरोध हुनुभएको हो ।
पुराना सचिव अरुणपीडित भण्डारीसहित कृष्णलाल चौधरी, इमानसिँह लामा, हिराबहादुर गुरुङ प्रेम तिमिल्सिना, रामजी सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेललगायतका पुरानै अनुहारहरु ९१ सदस्यीय समितिभित्र दोहोरिएका छन् । यादव पाठक, मंगलराम दराई, सन्देश श्रेष्ठ, डा. विजयप्रसाद पौडेल, शंकर थपलियालगायतका नयाँ अनुहार यसपटक एमालेको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उत्पीडितबाट चक्र रुचाल, सहदेव लकान्द्री, विजय विक, श्यामलाल विक, कमल रामदाम, माया नेपाली र शिवकुमारी गोतामे पनि निर्वाचित हुनुभएको छ । शुक्रबार सुरू भएको सम्मेलनमा ६५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुक्रबार रातिबाट सुरू भएको अधिवेशनको बन्द सत्रमा आर्थिक र राजनैतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
निर्वाचन प्रक्रिया थालनी गरी नयाँ समिति गठन गर्ने भनिए तापनि सहमति र सर्वसम्मतिका लागि वन्द सत्र लम्बाइएको थियो । सबैको माग र सर्वसम्मति गराउनका लागि ९१ सदस्यीय समिति पु¥याउनुपरेको बताइएको छ । समिति निर्वाचित भएको जानकारी आधिकारिक रुपमा निर्वाचन समितिले आज आइतबार पत्रकार सम्मेलन गरी दिनेछ ।

No comments:
Post a Comment
Thanx for your comment