नारायणगढ । नारायणगढबाट मेघौलीतर्फ जाँदै गरेको यात्रुवाहक बसले भरतपुर त्रिचोकमा विपरीतदिशाबाट आइरहेको स्कुटी र साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
ना.३ ख ५८९२ नम्बरको बसले ना.२०प २३५० नम्बरको स्कुटी र दुई वटा साइकललाई ठक्कर दिँदा स्कुटी चालक भरतपुर–६ बस्ने वर्ष १९ का प्रदीप कँडेल र साइकल चालक भारत घर भई भनपा–४ बस्ने वर्ष ३० का मक्तर कोइरी घाइते भएका हुन् ।
घाइते कँडेल र कोइरीको अवस्था चिन्ताजक रहेको प्रहरीको भनाइ छ । कँडेलको चितवन मेडिकल कलेज र कोइरीको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment