Thursday, November 1, 2012

नयाँ अध्यायको सुरुवात फोटो फिचर

अलपत्र प¥याँै ः चेक बुझ्न आएका पूर्व लडाकूहरु जिल्ला प्रशासन बाहिर सडकमा ।

अन्यौल भविष्य ः जिल्ला प्रशासन कार्यालयको गटेमा पालो पर्खखँदै अन्यौल भविष्य बारे चिन्तित लडाकू ।

चेक वितरण गर्दै अनुगमन टोलीका एक सदस्य ।



समायोजन रोजेका माओवादीका पूर्व लडाकुहरु यतिवेला आफ्ना डिभिजनको मुख्यालय भएका जिल्लाका प्रशासन कार्यालयहरुमा लाइनमा बस्दै छन् । सेना समायोजन पक्रिया अन्तर्गत अवकास रोजेका उनीहरुलाई सरकारले दिने भनेको रकमको दोस्रो तथा अन्तिम किस्ता बाफतको चेक बुझ्न उनीहरु यसरी लाममा बसेका हुन् ।

माओवादीको तेस्रो डिभिजन रहेको चिवतनमा जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको अस्थायी शिविरबाट उनीहरुले चेक बुझिरहेका छन् । कात्तिक १५ गतेसम्म रहने चितवनको शिविरबाट यहाँबाट तेस्रो डिभिजनको कार्यालय शक्तिखोर र मातहतका सहायक शिविरबाट अवकास रोजेका दुई हजार ७२२ माओवादी जनमुक्ति सेनाका पूर्व लडाकुहरुले दस्रो किस्ता बुझ्ने छन् ।


अनमिनले प्रमाणीकरण गरेका माओवादी लडाकु मध्ये अवकास रोजेका १३ हजार ९२२ पूर्व लडाकुहरुले सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत चेक बुझेर लडाकुको परिचयलाई छाड्दै छन् । प्रस्तुत छन् चितवनमा स्थापना गरिएको शिविरमा भएका गतिविधीहरुको तस्विरहरु ।

चेक बुझ्दै एक पूर्वमहिला लडाकू ।

आरामै हुनुहन्छ ? पूर्व लडाकुलाई हालखवर सोद्दै समायोजन विशेस समिति समितवालका संयोजक वालानन्द शर्मा ।


फेरियो परिचय ः प्रमाणिकरणका बेला अनमिनले दिएको परिचयपत्र हेर्दै एक पूर्वलडाकू ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी