Tuesday, November 6, 2012

नारायणगढमा ‘लहै–लहैमा’ प्रदर्शन

नारायणगढ । सुरक्षित वैदेशिक रोजगार सचेतनामूलक सडक नाटक ‘लहै–लहैमा’ मंगलबार नारायणगढमा देखाइएको छ । युरोपियन युनियन तथा यूएन वमनको सहयोगमा पिपल फोरम र हिमालयन टिभीले नाटकलाई प्रदर्शन गरेका हुन् ।

वैदेशिक रोजगारका नाममा चेलिबेटी बेचविखन हुने गरेका कारण त्यसको न्यूनीकरणका लागि सडक नाटक देखाइएको नाटकका निर्देशक राजन उप्रेतीले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका नाममा लाखौँ युवा ठगिनबाट बचुन् भनेर सडक नाटक देखाउँदै हिँडेको उहाँले बताउनुभयो ।

यसबाट उच्च जोखिममा रहेका १७ जिल्लामा सडक नाटक ‘लहैलहैमा’ देखाइने उहाँले जानकारी दिनुभयो । नाटक प्रस्तुत गर्नका लागि लहै–लहैमाको तीन टोली फरकफरक स्थानमा पुगेको उहाँले बताउनुभयो । कात्तिक २४ गते काठमाडौंमा पुगरे यो अभियान समापन हुने उप्रेतीले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी