Tuesday, November 6, 2012

माडी र ठोरीमा हात्ती आतंक

भरतपुर । चितवनको माडी र पर्सा जिल्लाको ठोरीमा विगत एकसातादेखि जंगली हात्तीले आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जस“ग सीमा जोडिएको माडी र पर्साको ठोरीमा ७÷८ वटाको संख्यामा प्रवेश गर्ने जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दाहरु त्रसित भएका छन् ।

जंगली हात्तीको बथानले सोमबार राति ठोरी गाविसको तीनवटा वडामा आतंक मच्चाएको छ । राति ८ बजे प्रवेश गरेको हात्तीको बथान बिहान उज्यालो भएपछिमात्र जंगल फर्किएको स्थानीय बासिन्दा सुरेश पन्तले बताउनुभयो ।

हात्तीको बथानले वडा नम्बर ५, ८ र ९ मा प्रवेश गरेर खेतमा लगाएको धान नष्ट पारेको छ भने स्थानीय कृष्णबहादुर ज्योति र लालबहादुर तामाङको खेतमा रहेको धानको कुन्यु खाएर नष्ट बनाएको छ ।

हात्तीको बथानले करिब २० बिघा Ôेत्रफलको तोरीबालीमा पनि Ôति पु¥याएको छ  । कार्तिक २ गते खेतमा पसेको जंगली हात्तीको आक्रमणबाट ठोरी गाविसमा एक जनाको मृत्यु भएको थियो भने गत कार्तिक १८ गते माडी अमिलियामा समेत हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी