Friday, January 25, 2013

प्रधानमन्त्री लालध्वजलाई अल्टर कान्छोको खुलापत्र

प्रधानमन्त्री लालध्वज ज्यू,
नमस्कार,
तपाईँले गत बुधबार खोलेको ट्वीटर एकाउन्टमा ट्वीटेको देखेर यो पत्र कोर्ने हिम्मत गरेको छु । डर त छ है मलाई तर पनि त्यहाँ तपार्इँले लालध्वजसँग नडराउनुस भन्ने उल्लेख गर्नुभएको छ त्यसैले पनि केही आशाको त्यान्द्रो मलाई केही पनि नहोला भनेर पत्र कोर्ने आँट गरेको छु ।

सबै भन्दा पहिले त तपार्इँलाई ट्वीटरको गफाडि संसारमा म स्वागत गर्न चाहन्छृु । जुन कुरो मैले तपाईँलाई मेन्सन गरे पनि ट्वीटेको पनि थिए । तपाँईँले धन्यवाद सम्मको जवाफ फर्काउन सक्नुभएन् । खैर व्यस्त मान्छे भनेर त्यती चिन्ता लिएको छैन् । तपार्इँले समग्रमा अहिलेसम्म ट्वीटेका ट्वीटहरुले मेरो खुस्किएको मगजमा भरिएका यक्ष प्रश्नहरुलाई तपार्इँ समक्ष एकमुष्ट पेश गर्न यो पत्र कोर्ने आँट गरेको हुँ । मलाई केही पनि नगर्नुहोला भन्ने विस्वास लिएको पनि छैन् ।

तपार्इँलाई एकपटक नेपाली जनताले विस्वासको पात्रका रुपमा हेरेका थिए । अब देशले जननेता पाउने भयो भन्ने आशामा रहेका थिए । यीनै ट्वीटरका टीएलहरु हुन जहाँ बाबुराम तपाईँ लालध्वजलाई काम गर्न देउ भनेर उल्लेख गरेका थिए कैयाँै नेपाली युवाले । तिनै फेसवुकका भित्ता हुने जहाँ (तपार्इँले आफ्नो भित्तो त भत्काइ हाल्नुभयो ।) लालध्वजको पक्षमा नाराहरु रंगिएका थिए । तर अहिले तपाईँ ट्वीटरको टाइमलाइनमा देखा पर्दा यहाँ पक्षमा नारा भन्दा विपक्षमा नारा लागि रहेको छ । ति पक्षमा रंगीने फेसवुकका भित्तामा कुकुरको शरिरमा तपार्इँको टाउको जोडर बाँधिएको तश्विर झुण्डीएको छ । किन ? तपार्इँले कहिलै यो विचार गर्नु भयो ? मेरो तपाईँलाईँ यही जिज्ञासा, जवाफ पाए पनि नपाए पनि प्रश्न चाँहि राखिहालेँ ।

पत्रकारका हत्यारालाई कारवाहीको दायरामा किन ल्याउनबाट रोक्दै हुनुहुन्छ ? अर्काे प्रश्न । तपार्इँ सरकारको मान्छे तपाईँले कृष्णसेनको हत्यारालाई पत्ता लगाई कारवाहीका लागि सरकारी वकिलमार्फत किन अदालतमा मुद्दा हाल्नुहुन्न ? अरे बा म अचम्ममा परेँ । खै मरो यो अल्टर दिमागले बुझ्न नसकेको पो हो की तपार्इँले  नै अचम्मको करामत देखाउन थाल्नुभएको हो बताई दिनुहुन्छ कि ? यो दुनियाँमा त्यस्तो कुन देश छ जहाँ सरकारको नेताले विद्रोहको झण्डा कोकेको ? अनी तपाईँ कसका विरुद्ध विद्रोह गर्न खोज्दै हुनुहुन्छ ? मलाई 
बुझाईँ दिने कोसिस गर्नुहोला । तपार्इँको विद्रोहमा को को सहभागि हुने हुन् जानकारि पाउन पाए हुन्थ्यो । हामी चाहन्थ्यौ तपाईँको देश निमार्णको अभियानमा हामी पनि अभियन्ता बन्न ।

तपाईँले अर्थमन्त्री हुँदा कमाएको त्यो वाही वाही आज खोज्दै छु । अहँ कतै पाइन् । फेसवुकका भित्ता चहारेँ । ट्वीटरको टीएलमा डौडिएँ । पत्रपत्रिकामा नजर डुलाएँ । रेडियोमा कान लगाँए । टीभीमा नयन जुधाँए तर पनि कहिँ कतै भेटिन । देखिन । सुनिन पनि ।  किन यस्तो भयो लालध्वज जी ? म यही जान्न चाहन्छु । जवाफ पाँउछु या पाँउदीन यो पनि जान्न चाहन्छु । अहिले तपाईँले टीएलमा झुल्कने आँट गर्नुभयो यसलाई म सलाम दिन चाहन्छु । तपार्इँले ट्वीटिनु भाको थियो मलाई पाँच वर्ष सासन गर्न देउ । अरे अब नेपाली जनताले तपार्इँलाई कुन आधारले दिन एकलौटि सरकार तपार्इँले त्यो जग बसाल्नुभएको छ र ? मेरो प्रश्न हो । अर्थमन्त्री हुँदा तपार्इँको करामतलाई देखेर हामीले प्रधानमन्त्रीका रुपमा तपार्इँलाई खोजेका थियाँै तर तपाईँले प्रधानमन्त्री भएर त्यसको निरन्तरता दिन सक्नुभएन् । अनि कसरी दिने । कमसेकम प्रधानमन्त्री ज्यू तपाईँले राम्रो काम नगरे पनि यो बेला तपार्इँलाई जनताले माफ दिन सक्छन् किन की यो संक्रमणकाल हो । हामीलाई पनि थाहा छ यो बेलामा गाह्रो हुन्छ तर नराम्रो त नगर्नुस मेरो चाहना हो ।
 
लालध्वज ज्यू,
म विद्यार्थी पनि हुँ परिक्षाको संघारमा छु । परिक्षा अर्काे हप्ताबाट सुरु हुँदै छ । बत्तिको ठेगान छैन् । महंगी यस्तो भो । चेलीको अस्मिता लुटियो । कमसेकम कारवाही गर्नुस गल्ती गर्नेलाई । हेल्लो सरकारका मुद्दा कहाँ थन्काइए ? मेरो प्रश्न तपार्इँलाई हो । तपाईलाई हेल्लो सरकारमा मैले पनि एउटा मुद्दा पेश गरेको थिएँ सायद कुन रद्दिमा फालियो यसको उत्तर पाउन सक्छु । हामी चरम निरासाको बीच आशाको विहानी कुर्न खप्पिस नेपाली मान्छ अझ पनि तपाईँ प्रति झिनो आशा छ । त्यो आशालाई जीवित पार्ने वा मार्ने त्यो त तपार्इँको हातमा नै छ ।
 
तपाईले खर्चमा मितव्ययीता देखाइरहँदा तपार्इँकी मेडमको चर्तिकलालाई नियन्त्रण गर्न तर्फ किन लाग्नुहुन्न ? मेरो अर्काे प्रश्न हो यो । फेरी महिला हिंसा होला भन्ने पीर होला । आज संवैधानीक रिक्तताको स्थीतिमा कसरी देश चलेको छ । तपाईँलाई अब कसले प्रधानमन्त्री मान्ला भित्री आत्माले तपार्इँ आँफै सोच्नुस त रु आज तपार्इँलाई प्रधानमन्त्री मान्नेको जमात कति होला ? तपाईका आसपासका । तपाईबाट केही पाएका । प्रधानमन्त्री ज्यू तपाईले शुख दिएका भन्दा दुःख दिएका धेरै पो हुन थालेकी यहाँ ? सोच्नुस है । अझै नी केही विग्रीएको छैन् । तपाईले देशका लागि केही गर्नु छ । यो बेलामा तपाईँले के गर्नुपर्छ भन्ने मेरो अल्टर दिमागले भन्न सक्दैनन् । तपार्इँ त डाक्टर जस्तो मान्छे यतिकुरो त थाहा हुनुपर्ने हो ।
 
प्रधानमन्त्री लालध्वज जी,
नेपालको वर्तमान आवश्यकता के हो ? त्यस तिर ध्यान दिने की ? तपाईँलाई प्रधानमन्त्रीको कुर्सी किन चाहिएको ? देश विकास का लागि कि ? पेट विकासका लागि ? खै मैले बुझन् सकिन् । देश विकासका लागि भएको भए खै विकास? खै संविधान ? खै शान्ति ? होइन पेट विकासका लागि हो भने तपाईँलाई प्रधानमन्त्री हुनु किन नै प¥यो । तपार्इँ त पढेको मान्छे सायद तपाईँले अरु काम बाट नी कमिसन हडप्न सक्नुहुन्थ्यो । तिनै पुराना नेताहरुलाई दिए के पो फरक पर्थाे र ? तपाईँले अझै पनि मौका पाउनुहुन्छ एक पटक सोच्नुस त तपाईँको पहिलेको क्रेजसँगै तपाई निर्वाचनमा जानुभएको भए तपाईँका लागि फेसवुक क्याम्पेन हुन्थ्यो । ट्वीटर क्याम्पेन हुन्थ्यो । अनलाइन क्याम्पेनले तपाईलाई तपार्इँका अरु प्रतिद्वन्द्वी भन्दा धेरै पछि पार्ने थियो तर त्यो गुम्दै छ । पुरै गुमेको त नहोला तर पनि

अन्तमा लालध्वज जी, तपाईँलाई डरैडरका बीच पत्र लेखेर भ्याउन आँटे मलाई केही नहोस भन्ने अपेक्षा राखेको छु ।

तपाईँको सुभचिन्तक अल्टर कान्छो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी