Monday, January 28, 2013

२०१८ सालयताका सहिदको फेहरिस्त

२०१८ सालमा चितवन कब्जाका क्रममा सहभागिता जनाएर विभिन्न ठाउँमा मारिएका सहिदहरु । जसले गेष्ट हाउसमा चितवन कब्जा गरी काँग्रेसको झण्डा फहराएका थिए ।

कार्तिक २७ गते गेष्ट हाउसमै साहदत प्राप्त पञ्चे गुरुङ, चितवन । कार्तिक २८ गते गेष्ट हाउसमै साहदत प्राप्त हरिप्रसाद गुरुङ, चितवन, बुद्धिसिंह रानामगर, चितवन, खेमबहादुर गुरुङ, चितवन, जगतप्रकाश शाह, नुवाकोट, शमशेरबहादुर गुरुङ, चितवन, ट्राफिक तामाङ, नुवाकोट । फागुन–१८ गते तनहुँको कोत्रेमा ः लालध्वज गुरुङ, चितवन, इमानसिंह गुरुङ, चितवन, सर्वसिंह गुरुङ, चितवन ।

तनहुँको पुलिमराङमा हत्या गरिएका भरत गुरुङ, तनहुँ, हस्तवीर गुरुङ, तनहुँ, टेकबहादुर गुरुङ, लमजुङ, खम्बसिंह तामाङ, नुवाकोट, सिंहबहादुर तामाङ, नुवाकोट, छेजु तामाङ, धादिङ (२०१९ साल पर्सामा हत्या), तुलबहादुर तामाङ, धादिङ, बाबुलाल थिङ तामाङ, मकवानपुर हाँडी खोला, देउबहादुर तामाङ, मकवानपुर हाँडी खोला ।

रामबहादुर तामाङ, (माडी २०१८ माघ १८), टीकादत्त थपलिया गोर्खा, (२०१९ साल ठोरीमा हत्या) भुवन लामा दार्जिलिङ, (पर्सामा हत्या), तेजबहादुर अमात्य, पर्सा, (रक्सौलमा हत्या), धोजबहादुर तामाङ मकवानपुर, रामविलास यादव रौतहट, बालदेव राना रौतहट, भोला कानु बारा, सूर्यमान मिया पर्सा, आशबहादुर लामा चितवन (२०१८ माघ २७ मा गोली लागी पछि मृत्यु), होमबहादुर भण्डारी मंगलपुर २०३६, कर्णबहादुर घर्ती माडी ।

२०४६ मा साहदत प्राप्त गरेका ः गणेशप्रसाद पौडेल गीतानगर, राजेश बानियाँ नारायणगढ, बलराम कँडेल वीरेन्द्रनगर, नारायण दाहाल गर्दी माडी, २०६२÷०६३ तुलसी क्षेत्री । (यसमा द्वन्द्वकालको संख्या समावेश गरिएको छैन ।)
              स्रोत ः प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ (साभार: www.echitwanpost.net)

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी