भरतपुर ।
सहिदहरुको बलिदानीले लोकतन्त्र स्थापना भए पनि त्यसको संस्थागत हुन
नसकेकोमा सहिद परवार चिन्तित छन् । मंगलबार परेको सहिद दिवसका दिन केही
सहिद परिवारका घरमा पुगेको संचारकर्मीसँग उनस्हरुले यस्तो चिन्ता
व्यक्त गरेका हुन् ।
२०१८ सालमा तनहूँको कोत्रेमा मारिएका सहिद लालध्वजका छोरा चन्द्रध्वज गुरुङ प्राप्त उपलब्धिको संस्थागत हुन नसक्नु नेताहरुको कमजोरी भएको बताउनुहुन्छ ।
‘२००७, २०४६ र २०६२÷२०६३ मा जनताले परिवर्तनका लागि सहयोग एवम् बलिदानी दिएकै हुन्’, उहाँले देशको बिगँ्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘अब दलहरु लडेर र भिडेर होइन, मिलेर समस्याको समाधान खोज्नु पर्छ ।’
माओवादीले सञ्चालन गरेको दस वर्षे द्वन्द्वका क्रममा २०६१ साल माघ १४ गते सेनाबाट मारिएका गुञ्जनगर–४ का कुलप्रसाद रेग्मीकी आमा तुलसीले पनि सोचेजति परिवर्तन नभएको भन्दै गुनासो गर्नुभयो । ‘पार्टी फुट्न नहुने फुट्यो । जनताका चाहना पूरा भएनन्’, उहाँले भन्नुभयो, ‘हाम्रा छोराहरुजस्ता देशका लागि बलि चडेकाहरुको उद्देश्य पूरा गराउन र देशमा शान्ति स्थापना गराउनका लागि पनि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन जरुरी छ ।’
परिवर्तनका लागि भएका आन्दोलनहरुमा चितवनबाट अहिलेसम्म कतिले साहदत पाए भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन । तर पनि द्वन्द्वकालमा मारिएका बाहेक चितवनका ३७ जनाले हालसम्म बलिदानी भएको प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठसँग तथ्याङ्क छ ।
यो अवधिमा धेरैको साहदत र कयौं बेपत्ता तथा अङ्गभङ्ग भए पनि । प्रजातन्त्रका सेनानी श्रेष्ठ अग्रजहरुको बलिदानीको सम्मान गर्नुपर्ने बताउनुहुन्छ । ‘२००७, २०१८, २०४६ र २०६२÷२०६३ को आन्दोलनमा मात्रै हैन माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पनि धेरैले साहदत प्राप्त गरेका छन् चितवनमा । उनीहरु जुन उद्देश्यले लडे त्यो उद्देश्य पूरा नहँुदा अहिले परिवारजन दुखित छन् ।
परिवर्तनका लागि लडेका योद्धाहरुको चाहना पूरा नभएको भन्ने गुनासो भइरहँदा मुलुक फेरि द्वन्द्वतर्फ जाने संकेतहरु देखिँदै छ । यो वर्ष परेको सहिद दिवसलाई सम्झेर सहिदका सपना पूरा गर्नेतर्फ सबै लाग्ने हो भनेमात्रै पनि मुलुकले थप मुठभेडको अवस्थाबाट मुक्ति पाउने थियो कि ?

No comments:
Post a Comment
Thanx for your comment