थारु सांस्कृतिक संग्रहालयमा राखिएका कोल्हु तथा ढिकी । जो आजभोलि गाउँघरमा पाइँदैन । |
बछौली
। ‘कुनै दिन थियो, हामीले लडिया (गाडा)मा जंगलबाट दाउराघाँस खोजेर
ल्याउथ्याँै । धान ढिकीमा कुटेर चामल बनाउथ्यौँ । कोलमा तोरी पेल्थ्यौँ, तर
आज त्यस्ता दिन छैैनन् । सबै कथा भएका छन् । अहिले चामल–तेल मिलमा लगिन्छ,
लडिया त हराए नै ।’
आफ्ना पुराना दिन सम्झँदै बछौली वडा नं. ६ का सुखलाल चौधरीले आफ्नो संस्कृति हराउँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो । समाजले विकासको फड्को मार्दै गर्दा विकासले संस्कृतिमाथि अधिग्रहण गरेको यो उदाहरण हो । लामो सांस्कृतिक परम्परा बोकेको थारु संस्कृति अहिले चितवनको बछौलीमा रहेको थारु संस्कृति संग्रहालय तथा अनुसन्धान केन्द्रमा सीमित भएको छ ।
‘उहीले ब्रह्मस्थान पूजा गरिन्थ्यो, महिलाहरु जितिया मनाउथे, होलीमा एक हप्तासम्म नाचेर मनाइन्थ्यो । यसरी हामी हाम्रो खुसी व्यक्त गथ्र्याैँ’, उहाँले भन्नुभयो, ‘अहिले खानपिनमात्र हुन्छ । थारुहरुले आफ्नो परम्परा बिर्संदै गएका छन् ।’ खानपिनमा पनि आफ्नो परम्परागत खाना कमै मात्रामा बन्ने गरेको चौधरीको भनाइ छ ।
थारुहरुको आफ्नै परम्परा र भेषभूषा भए पनि अहिले त्यो प्रचलनमा छैन । स्थानीय महिला तथा पुरूषहरु जाली लिएर माछा मार्न जाने गर्थे, त्यो पनि अहिले हराएको छ । अहिले उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्रीहरु थारु समुदायको घरमा पाइँदैनन् ।
‘समाज विकास हुँदै गयो । निकुञ्ज बन्यो । पहिले हाम्रा बाबुहरु जंगल गएर घाँसदाउरा गर्नुहुन्थ्यो, त्यो अहिले छैन’, संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले भन्नुभयो, ‘अहिले त्यस्तो रहेन । निकुञ्जमा जान पाइँदैन । परम्परागत घर निमार्णमा समेत असर प¥यो ।’
थारुहरुको परम्परागत घर काठ तथा खरको छाना भएको हुन्छ । तर निकुञ्ज बनेपछि स्थानीयवासीलाई जंगल पस्न रोक लगाउँदा थारुहरुको परम्परागत घरसमेत लोप हुँदै जान थालेको उहाँको भनाइ छ ।
संग्रहालयमा राखिएका थारुहरुले प्रयोग गर्ने खराउ, ढिकी, कोल्हुवा, झाँझालगायतका कैयांै सामग्रीहरु गाउमा पाइँदैन । ‘पुराना सामग्रीहरु गाउँमा पाइँदैन, अहिले सबै आधुनिक सामग्रीको प्रयोगले हाम्रो पहिचानलाई विस्तापित गराउँदै लग्यो’, संग्रहालयका संरक्षक बासुदेव चौधरीले भन्नुभयो, ‘युवाहरु विदेशिन थाले, त्यसैको प्रभाव पनि प¥यो । आधुनिक किसिमका घरहरु बन्दै गए ।’
पक्की घर बनेसँगै उनीहरुले बनाउने माटाको धानसार पनि लोप हुँदै गएको छ । यसरी संस्कृति तथा परम्परा लोप हुँदै जाने हो भने आफ्नो पहिचान गुम्नेप्रति संरक्षक चौधरीको दुःखेसो छ । थारु समुदायले मनाउने माघी, होलीलगायतका चाडमा उनीहरुले नाच्ने परम्परागत लाठी नाचसमेत आजभोलि महोत्सव मेला ¥यालीहरुमा मात्र सीमित हुँदै गएको उहाँले बताउनुभयो ।
‘पहिले चाड पर्वमा नाचिने हाम्रा परम्परागत नाचहरु आज सभा सम्मेलनहरुमा मात्र प्रयोग गरिन्छ’, उहाँले भन्नुभयो, ‘यी नाचहरु हामीले परम्परागत तरिकाले नै चाडपर्वमा नाचिनुपर्ने हो ।’ विभिन्न संस्कृति परम्परा र रीतिरिवाजले धनी हाम्रो देश यसरी एकपछि अर्काे परम्परा र संस्कृति लोप हुँदै जाने हो भने हामीले आफ्नो मौलिक पहिचान गुमाउने निश्चित देखिन्छ ।

No comments:
Post a Comment
Thanx for your comment