Wednesday, January 9, 2013

मलाई कुट्ने मेरा मित्र, मेरो दोष के ?

डायरी
विधुर ढकाल
बाँबु तैँले यस्तो जोखिम किन मोल्दै छस ? यो प्रश्न मेरो परिवारले मलाई आजभन्दा करिब पाँच वर्ष अगाडि सोधेको थियो । मलाई यस्तै जोखिममा त अगाडि बढ्नु छ । मेरो जवाफ थियो त्यो वेला । मलाई लाग्छ जोखिम विना जीवन नै सफल हुन सक्दैन त्यसैले पनि मैले यो जोखिम उठाएको थिएँ त्यस बेला ।

मेरो सपनाहरु फेरिँदा बनेको मेरो लक्ष्य ‘म पत्रकार बन्छु’ । यसमा मेरो परिवारको सँधै विमति रह्यो । मैले यस विमतिका विच पनि आफ्नो सपनामा बनेको लक्ष्यलाई अगाडि बढाएको हुँ । र छु पनि । यसबीच मलाई याद छ म कसरी यो सागरमा पौडी खेल्दै आइपुँगे मैले भन्दै गराँैला त्यसलाई आज नकोट्याँउ तर पनि मैले रोजेको यो बाटो सहि थियो, छ र रहने पनि छ भन्नेमा म ढुक्क छु ।

मलाई जतिवेलामा मेरो परिवारले म प्रवेशिका पास गरेको थिएँ त्यतीवेला नै विज्ञान विषय लिएर पढोस भन्ने चाहन्थ्यो म त्यतीवेला परिवारको इच्छा पुरा गर्नु भन्दा पनि आँफ्नो चाहानालाई हेरँे । अझै पनि कतिपय मेरा आफन्तले सोच्छन् विधुर विज्ञान विषय लिएर पढ्दै छ । परिवारलाई मैले कुनै दिन पैसा भन्थ्यो र अझै पनि भन्छ, ‘विज्ञान लिएर पढेको भए टिउसन पढाएरै भए पनि आफ्नो लागि त पैसा कमाउँथिस ।’ परिवारको यो भनाईलाई मैले कहिले नै सिरियस रुपमा लिइन् । एक कानले सुने अर्काे कानले उडाएँ । किनकी जति कराए पनि मेरी आमाले मलाई जताबाट भए पनि पैसा दिनुहुन्थ्यो ।

परिवारको इच्छा विपरित पत्रकारीता पेशा अंगालेको मप्रति परिवारको एउटै चिन्ता थियो कि कतै यसलाई केही त भइहाल्दैन् । हुन पनि समय त्यस्तै थियो र छ । पत्रकार कृष्णसेनका हत्यारालाई कारवाही हुन सकेको छैन् । उता तत्कालिन विद्रोही पक्षबाट मारिएका डेकेन्द्र थापाका हत्यारालाई कारवाही भएको थिएन र छैन पनि अन्य पत्रकारको अवस्था पनि त्यस्तै थियो । यस कारणले पनि मलाई यो क्षेत्रमा प्रवेश गरेको देख्ने चाहना मेरो परिवारको कुनै सदस्यको पनि थिएन् । मैले यो जोखिम मोल्दा मेरो परिवारलाई चिन्तीत पारेको अर्काे कारण हो मरो सुरक्षा । जब मलाई २०६१ सालमा तत्कालिन साहि नेपाली सेनाले अनाहकमा आतंककारीको विल्ला लगाई गिरफ्तार र यातना दिएको थियो त्यलगत्तै मेरो परिवारलाई सेना बाट आएको धम्की पनि हो । सेनाले केही वर्ष भित्र मेरो हत्या गरिदिन्छु भनेर भनेको थियो । अहिलेसम्म यो त हुन सकेको छैन । यो हुन्छ जस्तो पनि मलाई लाग्दैन किनकी हिजोको जस्तो अवस्था अहिले छैन् ।

देश शान्ति प्रक्रियामा प्रवेश गरे पछि पनि यहाँ केही पत्रकारहरुले ज्यान गुमाएका छन् । कैयौँले कुटाई खाएका छन्, कैयौँले धम्की पाएका छन् । यो कारणले पनि मेरो परिवार प्रति अझै पनि मेरो सुरक्षाको विषयमा चिन्तीत रहेको छ र सबै पत्रकारका परिवार यो कुरामा चिन्तित छन् ।

केही दिन भयो दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई प्रहरीले गिरफ्तार गरि मुद्दा चलाउन थाल्यो त्यस पछि हामीमा निरासाको वादल विच केही चाँदीको रेखा कोरिएको भान भएको थियो तर त्यो पनि धेरै दिन टिकेन् । सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले हत्यारालाई कारवाही गर्न नहुने अभिव्यक्ति दिए । उनी राज्यको एक अंगको मात्र प्रधानमन्त्री बने । राज्यको बन्न सकेनन् ।

राज्य कार्यपालिका न्याय पालिका, व्यवस्थापिकाको समिश्रण हो । उनी सिमित कार्यपालिकाकोमात्र प्रधानमन्त्री बन्न चाहे । उनले व्यवस्थापिकालाई भंग गराए । न्याय पालिकाको आदेशलाई मान्न डराए र राज्यको चोथो अंग पत्रकारिता जगतको त कुरै छाडाँै उनी यो कहिल्यै पनि हुन सकेनन् । उनको पछिल्लो अभिव्यक्तिले पनि यो प्रमाणित ग¥यो ।

यहाँ कुनै पनि जनताको सुरक्षा छैन भने पत्रकारको सुरक्षा कहाँबाट होस ? राज्यको चौथो अंगको रुपमा गनिने पत्रकारको सुरक्षा छैन भने आम जनताको सुरक्षा कहाँबाट होस ? यो प्रश्न टड्कारो रुपमा खडा भएको छ । मैले यो सोचेको पनि थिइन की चितवनको नारायाणढ जस्तो व्यस्त वजार अझ त्यो माथि पनि लायन्स चोकमा नै संसाझै ममाथि आक्रमण होला । म कुटिउँला । तर भयो । यहाँ राष्ट्रपति निवास र बालुवाटारको किनारमा कतिखेर को कुटिन्छ को मारिन्छ कसलाई के हुन्छ ? कसैलाई थाहा नहुने अवस्थामा म यति विग्न ढुक्क हुनु मेरो कमजोरि नै हो ।

साँझ कार्यालय सहिद चोकतर्फ जाँदै गर्दा लायन्स चोकको कामना वैंक अगाडि तिनजना आवारा केटाहरुले यही हो धन्दै कुटे । उनीहरुको त्यो यही हो भन्ने के हो मलाई थाहा भएन् मलाई । म पत्रकार हुँ या के । त्यो पनि थाहा भएन । मलाई मेरो परिचय के हो ? भन्ने प्रश्नले सताउन थालेको छ । मलाई कुटपिट गर्नेलाई सोध्न मन छ म को हुँ ? मलाई किन कुटियो ।

म आँफूलाई एक विद्यार्थी, त्यसभन्दा अगाडि चितवन पोष्ट राष्ट्रिय दैनिकमा समाचार लेख्ने केटो, त्यस पछि स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय सदस्यका रुपमा चिन्थे चितवनमा । मेरो चितवनमा यो भन्दा अर्काे परिचय भए जस्तो लाग्दैन् । हुन सक्थ्यो रुपन्देही भने मेरो परिचय अलि फरक पनि । त्यहाँ मेरो परिचय कसैको सत्रुका रुपमा पनि किनकी म अहिलेको मेरो जीवनको १८ वर्ष त त्यही विताएको हुँ । म प्रगतिशील सामाजिक अभियान रुपन्देहीको अध्यक्ष , वा मेरो त्यो १८ वर्षमा मैले त्यहाँ कति सत्रु पनि जन्माए हुँला । मलाई त्यहाँ आक्रमण भएको भए मैले जन्माएका सत्रुहरुले मलाई कुटे भनेर चित्त बुझाँउँथे तर यहाँ कसरी बुझाँउ ? मेरो यो चितवन बसाई चार वर्षमा डौडिरहेको छ । चितवन पोष्टसँगको नाता २ वर्षमा चलिरहेको छ । मलाई याद छैन चितवनमा मेरो रिसिइवि को सँग किन र कहिले भयो यही प्रश्नको जवाफको खोजिमा छु ।

मलाई चित्त बुझ्दो जवाफ आउला की भन्ने प्रतिक्षा छ । यस बीचमा म मेरो संस्था चितवन पोष्ट, नेपाल पत्रकार महासंघ चितवन शाखा, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय कमिटि, जिल्ला कमिटि, सम्पूर्ण सिद्धान्त निकट पत्रकारका संगठन हरु चितवनका सम्पूर्ण संचार माध्ययम वुटवलबाट प्रशारण तथा प्रकाशन हुने संचार माध्ययम, स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखालाई आभार प्रकट गर्न चाहन्छु म माथि भएको कुटपिटको घटनालाई सार्वजनिक गर्दै विरोधमा उत्रिनुभएको मा । धन्यवाद दिनेछु प्रहरी प्रशासन लाई मलाई कुट्ने मेरा मित्रहरुलाई मसामु उभ्याइ दिन सके र मैले मेरो परिचय पाउन सके ?

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी