Monday, May 27, 2013

चितवन प्रशासनको व्यतिथि : हटे टेवल हटेनन् दलाल

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले कार्यालय बाहिर रहेका लेखनदासहरुलाई हट्न निर्देशन दिएपनि त्यसको कार्यान्वयन भएको छैन । लेखनदास बस्ने टेबल त प्रशासन कार्यालय बाहिरबाट हटे तर पनि कार्यालयबाट दलाली हुने काम भने हट्न सकेको छैन । प्रशासन आगाडिको बाटोमा नै सेवाग्राहीलाई लेखनदासहरुले दुःख दिने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले लेखनदासलाई हट्न निर्देशन दिएका थिए । सोहीअनुरुप लेखनदासहरु बाहिर टेबल हटाए पनि तर उनीहरु प्रशासन कार्यालयभित्रै गएर सेवाग्राहीसँग वार्गेनिङ गर्न थालेका छन् ।

उनीहरुले प्रशासन कार्यालयभित्रै सेवाग्राहीलाई तान्ने गरिरहेका छन् । यसबारे जिल्ला प्रशासन पनि बेखबर रहँदै आएको छ । सेवाग्राहीको भीडमा नै दलाली काम गर्नेहरु खटिएका देखिन्छन् । ‘पहिला बाटैमा रोक्ने लेखनदासहरुले अहिले मूल गेटमा कुरेर सोधीखोजी गर्न थालेका छन्’, नागरिकता बनाउन आएका गीतानगरका सुबोध शर्माले भन्नुभयो, ‘केही होइनभन्दा पनि उछार दिँदैनन् पछि लागेर हैरान पार्छन् ।’

प्रशासन अगाडि सडकमा टेबल राखेर काम गर्दै आएका केही लेखनदासहरु बाटो पारीका घरहरुमा बस्न थालेका छन् भने केही भने जिल्ला प्रशासनभित्रै सेवाग्राही सेवाका नाममा सोधखोज गरिरहेका छन् । यस्तो हुनुमा जिल्ला प्रशासनकै कमजोरी रहेको एक लेखनदासले आरोप लगाए । प्रशासनले नै केही लेखनदासहरुलाई भित्रैबाट काम गर्न दिएको आरोप उनको थियो ।
‘हामीले प्रशासनको निर्देशनलाई मानेर बाहिरबाट हट्याँै तर केही भने कार्यालयभित्रैबाट सेवाग्राहीको काम गरिरहेका छन्’, नाम नछाप्ने सर्तमा उनले भने, ‘भित्रै गएर सेवाग्राहीको काम गर्नेलाई प्रशासनले कारबाही गर्नुप¥यो होइन भने हामी पनि जान पाउनुप¥यो ।’ उनीहरुको प्रमुख जिल्ला अधिकारीसँग मिलेमतो भएको समेत उनको आरोप थियो । उनले लेखनदासहरुको वैधानिकता परीक्षण गर्न पनि माग गरे । ‘यहाँ कति लाइसेन्स नभएकाहरुभित्रै पसेर काम गरिरहेका छन्’, उनले भने ‘हामी अदालतको परीक्षा उत्तीर्ण गरेर लाइसेन्स पाएकालाई पनि काम गर्न दिइएन ।’

यता, प्रमुख जिल्ला अधिकारी शर्माले भने आफू लेखनदासहरुले सेवाग्राहीलाई दुःख दिन थालेको बारे अनुगमन गरिरहेको बताउनुभयो । प्रशासन कार्यालय पुगेको चितवन पोष्टकर्मीसँग सेवाग्राहीको बिचमा देखिएका शर्माले त्यस्तो गरेको पाए कारबाही गर्नेसमेत चेतावनी दिनुभएको छ ।

‘म यस्तै भएको छ कि भनेर हेर्न बाहिर निस्किएको छु’, उहाँले भन्नुभयो, ‘कसैले पनि सेवाग्राहीलाई दुःख दिन पाउँदैनन् ।’ प्रशासनले दिएको निर्देशन बमोजिम पानमा तथा नगरपालिकामा दर्ता गरेर बसे कसैलाई पनि नरोकिने उहाँको भनाइ थियो । ‘कतिले दर्ता गरेका छन्, के गरेका छन्’ मलाई थाहा भएन्’, उहाँले थप्नुभयो, ‘निर्देशन बमोजिम कसैले पनि तलमाथि गर्न पाउँदैनन्, कारबाही हुन्छ ।’


कसैलाई गाउँमै सेवा कसैलाई कार्यालयमा सास्ती 

भरतपुर । सरकारले अहिले सर्वसाधरणलाई नागरिकता वितरणका लागि गाउँगाउँमा कर्मचारी खटाएको छ । गाँउमा पुगरे सरकारी कर्मचारीहरुले नागरिकता वितरण गरिरहेका छन् । तर जिल्ला प्रशासन कार्यालय पुगेका सेवाग्राही समयमा नै नागरिकता पाउनबाट वञ्चित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले गाँउ गाँउमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविर तथा नागरिकता वितरण शिविरका कारण प्रशासनका कर्मचारीहरु गाउँमा खटिदाँ कार्यालयमा आउने सेवाग्राहीले भने समयमा नै सेवा पाउनबाट वञ्चित हुनु परेको छ । दिनहुँ सेवाग्राहीहरु लामो लाइनमा बस्न बाध्य भएका छन् तर काम हुने नहुने भने निश्चित देखिँदैन ।



‘हिजो पनि आएकी थिएँ, नागरिकता बनेन’, मंगलपुरकी शर्मिला गौतमले भन्नुभयो, ‘आज त बिहानै आएर लाइनमा बसेकी हुँ अहिलेसम्म पनि काम भएको छैन् ।’ बिहान आठ बजे नै प्रशासन आइपुगेकी उनी दिउँसो दुई बजेसम्म प्रशासनको नागरिकता फाँट अगाडि लाइनमा थिइन् तर नागरिकता फाँटका कर्मचारी भने वर्षायामको घामझैँ कहिले झुल्कने र कहिले बिलाउने गरिरहेका थिए ।

यसरी सेवाग्राहीलाई सेवा दिन भन्दै सरकारले गाउँगाउँमा घुम्ती शिविर पठाउँदा कार्यालयबाट समेत नियमित सेवाप्रवाह गर्न कर्मचारी व्यवस्थापन गर्न नसक्दा समस्या आएको प्रति सम्बन्धित निकायले चासो दिनुपर्ने देखिन्छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी