धादिङ । जिल्लाका ५० गाविसमै सुरक्षित बच्चा जन्म दिनेस्थान (बर्थिङ सेन्टर) बनाइएको भएपनि जन्मँदै मृत्यु हुने बालबालिकाको सङ्ख्यामा भने वृद्धि भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सबै गाविसमा स्थापित बर्थिङ सेन्टरमा सुरक्षित तरिकाले बच्चा जन्माउने स्थानको स्थापना गरेको तथा आमा सुरक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
असुरक्षित तरिकाले सुत्केरी गराउने, बच्चा उल्टो बस्ने, गर्भवतीले खानपान र सरसफाइमा ध्यान नदिने, धूमपान र मद्यपान गर्ने, नियमित स्वास्थ्य जाँच नगराउने, घरमा खानेकुराको अभावका कारण जन्मँदै बच्चाको मृत्यु हुने गरेको जिल्ला अस्पताल धादिङका डा सुवास पाण्डेले बताउनुभयो ।
आव ०६७÷६८ मा ४९ जना जन्मँदै र २६ जना जन्मेको २८ दिनभित्र बालबालिकाको मृत्यु भएको थियो । यसैगरी आव ०६८÷६९ मा ५७ जना जन्मँदै र ३४ जना जन्मेको २८ दिनभित्र बालबालिकाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आमा र बच्चाको मृत्यु हुन नदिन गर्भवतीले पोषिलो खानेकुरा खानुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, धूमपान र मद्यपान गर्न नहुने सल्लाह स्वास्थ्यकर्मीको छ । सरकारी तबरबाट गाउँगाउँसम्म स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने, पर्याप्त मात्रामा औषधि र आवश्यक मात्रामा सामग्रीको व्यवस्था गर्नुपर्ने र गर्भवतीका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने स्वस्थ्य स्वयम्सेविकाले माग गर्दैआएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment