Sunday, November 4, 2012

धनबहादुरको परिवारलाई सहयोग

माडी । गरिबीका कारण आत्महत्या गरेका माडीका धनबहादुर परियारको परिवारलाई अमेरिकामा रहेका नेपाली नागरिक अर्जुनप्रसाद मैनालीले थप ३० हजार आर्थिक सहयोग गरेका छन् ।

चितवन माडीस्थित अयोध्यापुरी–७ गणेशकुञ्जमा आयोजित कार्यक्रममा मृतक परियारकी पत्नी गीता परियारलाई सो रकम हस्तान्तरण गरिएको छ । यसअघि मैनालीले किरिया खर्चका लागि ब्लड डोनर्स अफ अमेरिकाको तर्फबाट १५ हजार सहयोग गरेका थिए ।

स्थायी घर काभ्रे सिपाली भएका मैनाली १०५ पटकभन्दा बढी रक्तदान गरिसकेका सफल रक्तदाता हुन् ।

मैनालीले आगामी एक वर्षभित्र मृतक परियारका १२ जनाको परिवारको लालनपालन तथा बालबच्चाको अध्ययनका लागि एक लाखको अक्षयकोष स्थापना गर्नेसमेत जनाएका छन् । बाह्र छोराछोरीका पिता ५० वर्Èीय परियारले गरिबीका कारण दसैँमा आफ्ना बालबच्चालाई मासु खुवाउन नसकेको पीडा सहन नसकी महाअष्टमीका दिन आत्महत्या गरेका थिए ।

उनले मसला पिस्ने लोहोरो र सिलौटो बनाउने काम गरी आफ्नो परिवार पाल्दैआएका थिए । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी