Sunday, April 7, 2013

कहाँ गए बर्डफ्लु लागेका कुखुरा

कसले खोज्ने:हाम्रो पत्रकारिता व्यवसायीक त भएको होइन ?
चर्चा सेलाएको छैन अझै पनि । अनेक कारणले चर्चामा रहिरने चितवन यसपटक भने बर्डफ्लुका कारण चर्चामा छ । हुन त अन्य क्षेत्रमा बर्डफ्लु नदेखिएका होइनन् तर त्यहाँको चर्चा त्यति भएको पाइएन तर चितवनको चर्चा यती धेरै किन ? प्रश्न गम्भिर छ । गत बुधबार यहाँको एक फार्ममा दुई हजार २०० कुखुरा नष्ट गरिए अरु दुई हजार आँफै मरे बर्डफ्लुका कारण ।
पंक्षिरोग अन्वेषण प्रयोगशाला तथा एभिएन निदान प्रयोगशालाको टोलीले कुखुरा नष्ट गरेको हो । हरेक स्थानमा बर्डफ्लु देखा पर्दा देखिएको फर्मका मात्र नभई आसपासका चरा चुरुगींलाई समेत निर्दयी तरीकाले मार्ने एभिएन टोलीले यहाँ किन यस्तो गरेन ? प्रश्न यो पनि खडा भएको छ । यति मात्र होइन भरतपुर–८, गौरीगञ्जका प्रताप विष्टकोमा मात्र कुखुरा मरेका थिएनन् यहाँका अन्य खोरहरुमा समेत कुखुरा मरेका थिए तर लेखाजोखा किन भएन ? अर्काे प्रश्न यो पनि हो ।

यस भन्दा अगाडि यहाँ बर्डफ्लु लुकाइए पनि अहिले चाँहदा चाँहदै पनि लुकाउन सकेन प्रयोशालाले र यहाँका ठूला व्यवसायीले पनि । प्रतप थापा र स्थानीयको दबाबका कारण बाहिर आयो । तर उनी अलि ठूला व्यवसायी हुन्थे भने पनि यो लुक्ने थियो तर साना व्यवसायी भएकै कारण केही क्षतीपूर्ती पाउने आशमा बाहीर आएको हो ।

उनको फार्ममा भन्दा पहिले कुखुरा मर्न थालेको थिए उनको फार्म भन्दा ठिक अगाडिको हिमालयन फिड्स हाउसमा कुखुराहरु तर त्यहाँ किन पसेन बर्डफ्लु नियन्त्रण टोली ? अर्काे प्रश्न हो यो । ‘यहाँ पनि पहिले देखि नै कुखुरा मर्न थालेका हुन तर बाहिर आएन’ हामीसँग एक युवाले भने, ‘कति कुखुरा मरे भित्रै गाडियो कति कुखुरा झोक्राएकै अवस्थामा बजार पुगे ।’ उनको यो भनाईले पनि पुष्टि हुन्छ ति संक्रमित कुखुराहरु चितवन बासी खाए । खाँदैमा केही हुने भने होइन । हामी यो भ्रम पनि पार्न चाहन्नौ । संक्रमित कुखुरा पनि ७० डिग्रि भन्दा माथिको तापक्रममा पकाए खान मिल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर आम जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाब पार्ने काम किन गरियो यो हो अर्काे ठूलो प्रश्न ।
मािथकाले त सुरक्ष कवज पहिरिएका छन तर यी मजदुर महिलाको स्वास्थ्य कसले हेर्ने ।

त्यस वरपरका खोरमा पस्न किन डरायो टोली प्रयोगशालाका एक कर्मचारी आफ्नो नाम नबताउने सर्तमा भन्छन, ‘निकै ठूलो दबाब आएको थियो लुकाउन कै लागि तर स्थानीयको दबाबले लुक्न सकेन ।’

यति मात्रै होइन बर्डफ्लू बाहिर आए पछि चितवनका केही पत्रकारहरुको चर्चा कुखुरेहरुका बीचमा मजाले नै चलेछ । त्यसको भोलिपल्ट भएको उनीहरुको भेलामा मसहित अन्य अरु केही साथिहरुको चर्चा चलेको थियो जो अघिल्लो दिन राति त्यहाँ पुगेका थियौँ । हामी म आँफूले काम गर्ने संस्थामा कति पटक फोन आए त्यो गणना छैन । मलाई पनि फोन आयो । केही मिश्रित धम्कीका साथमा । कुखुराको राजधानी भनेर चिनिने चितवनले यस्तो चितवनमा यस्तो खबर बाहिर आँउदा यहाँको व्यवसायमा धक्का लाग्छ । हाम्रो उद्देश्य पनि व्यवसायलाई धक्का दिन पनि होइन तर पनि के भने आम मानिसको स्वास्थ्य प्रति हो हाम्रो चिन्ता ।

मैले लेखेको समाचारको विषयलाई लिएर म काम गर्ने पत्रिकाको कार्यालयमा फोन कति आए । मामा श्रीकृष्ण तिमिल्सिना (भेट टाइम्स् मासिकका सहसम्पादक)लाई पनि उत्ति नै आए । मामाले भन्दै थिए हामी भाञ्जा फोन उठाउन पनि विचार गर्नु परिरहेको छ । पत्रिकाले मलाई बर्डफ्लूको समाचार केही दिन नलेख्न नै भनेको छ । त्यतिमात्र होइन यहाँबाट प्रकाशित हुने हरेकजसो पत्रिकाको आजको अंकमा चितवनमा बर्डफ्लूको प्रभाव न्यून भनेर समेत प्रकाशित भयो । म काम गर्ने पत्रिकामा समेत । यो कहाँबाट कसरी आयो थाहा छैन तर पनि यसले बजारमा फेरी अर्काे तरंग नै ल्याएको छ ।

समाचारको विषयलाई लिएर यदि यति फोन आँउछ भने । नेपालको पत्रकारिता व्यवसायीक हुँदै गएको मान्नेहरुको भनाईलाई गलत सावित गर्न के समय कुनुैपर्ला र ? त्यतिमात्र होइन चितवनको पोल्टीले नेपालको आदा उत्पादनलाई थेगेको छ । त्यस्तै यहाँको विज्ञापन बजारलाई समेत यसले त्यो भन्दा दोब्बर थेगेको छ । यहाँका सञ्चार माध्यमले यसको गोप्य कुरा खोज्न नसक्नुको कारण पनि यही हो । उनीहरुले नै दिएको विज्ञापनले चलेको छ भने कसरी उनीहरुको विरोध गरेर समाचार बाहिर ल्याउनु ? गम्भिर प्रश्न खडा भएको छ । साँच्चि हाम्रो पत्रकारीता यो मानेमा व्यवसायीक भएको त होइन ? हामीले विज्ञापन बजारलाई हेरेर पत्रकारिता गर्नु पर्ने अवस्था । यो प्रश्न खडा भएको छ हामीले आम सर्वसाधरणको पक्षमा पत्रकारिता गर्ने की विज्ञापन दाताको पक्षमा ?
यससँग संबन्धित अन्य समाचारहरु :

आइतबारका चितवनबाट प्रकाशित तथा प्रशारित हुने सञ्चारमाध्यममा आएको समाचारको यस्तो थियो जुन समाचार कासरी आयो थाहा नै छैन यो समाचार सबै सञ्चार माध्यममले राससबाट साभार गरेका हुन । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी