किशोर पन्थी
सरकारी
स्कुल पढियो । डङ्कीको अर्थ राक्षस हो भनेर पढियो ५ कक्षासम्म । ७ कक्षामा
चाररुले कपीमा राम्रोसाग एबीसीडी लेख्न सिकेको मलाई अंग्रेजी निकै गाह्रो
लाग्ने । मेरा कैयन् साथीहरु एसएलसीपछि पनि अंग्रेजीलाई निकै ठूलो हाउगुजी
ठान्थे । मलाई पनि त्यस्तै हाउगुजी लाग्थ्यो, अंग्रेजी । त्यसैले एसएलसीमा
पनि राम्रो नम्बर आएन, अंग्ेरजीमा । तर मेरो बानीचाहिा अलिक फरक । जुन कुरा
हाउगुजी बनेर स्थापित भएको छ, त्यसैसाग जुध्ने मेरो बानी । जहिले पनि
हाउगुजीकै आन्द्राभुाडी खोतल्न मन लाग्ने मलाई ।
स्कुलमा हाउगुजी बनेको अंग्रेजीलाई कलेजमा भने मैले मुख्य विषय बनाएा ।
कलेजस्तरमा अंग्रेजी साहित्य पढ्ने सनक जाग्यो मलाई । कलेज पढ्दा बीएको
मेजर इङ्लिसमा सुकरातबारे एउटा आलेख पढेको थिएा । युवाहरुलाई बरालेको
आरोपमा हेम्लक खुवाएर मारिएका एक जना दार्शनिक, सुकरात । हुनत सुकरातबारे
स्कुल लेभलमै पनि नेपालीमा पढिएको थियो तर त्यतिबेला बुझेर पढिएन । बीएमा
चाहिा अंग्रेजी भाषामै सही, सुकरातबारे अलिक बुझेर पढियो । नयाा
सिद्धान्तअनुसार अगाडि बढ्न खोजेका कारण सुकरातको विचार अस्वीकृत भएको थियो
उनको पालामा । आध्यारोमा गुम्सिएकाहरुलाई उज्यालोमा ल्याउादा एकैछिन
उनीहरुका आाखा तिर्मिराएर केही पनि देख्दैनन् भन्थे सुकरात । त्यही आाखा
तिर्मिराउनेहरुले सुकरातको हत्या गरे ।
कुरा दर्शनको मात्र होइन, विज्ञानको विकास आविष्कार हुादा पनि सुरुमा थोरै
मानिसले मात्र त्यसलाई ग्रहण गर्छन् । र, त्यो विज्ञानमाथि भीषण आक्रमण
हुने गरेको तथ्य ग्लालेलियो, ब्रुनोलगायतको इतिहासबाट पनि स्पष्ट हुन्छ ।
कम्युनिस्ट आन्दोलनमा पनि लेनिनले माक्र्सवादको सिर्जनात्मक प्रगोग गर्न
खोज्दा माक्र्सवादका संरचना छोडेको भन्दै रुढिवादी र परम्परावादी
माक्र्सवादीहरुबाट लेनिनमाथि वैचारिक आक्रमण भयो । लेनिनको विरोध गर्ने
सूचीमा काउत्सीहरु पनि थिए । माओले माक्र्सवादको मौलिक प्रयोग गर्दै चीनमा
क्रान्तिअगाडि बढाउन खोज्दा बोल्सेबिक समूहले रुसी मोडल नै चीनमा लागू गर्न
खोजेका थिए । सृजनात्मक प्रयोग गर्न खोज्नेहरुमाथि जहिले पनि पुरानो
चिन्तन राख्नेहरुले आक्रमण गर्दै आएका छन् ।
एकीकृत नेकपा माओवादी (यो लेख लेख्दासम्म मोहन वैद्यले पार्टी फुटालिसकेका
छैनन्) का एक जना नेता छन्, मोहन वैद्य । केही महिनाअगाडि यिनको ६७ औं
जन्मदिन थियो । थरले वैद्य भए पनि यिनी मान्छेको उपचार गर्न जान्दैनन् ।
बरु मान्छेलाई बिरामी बनाउन चाहिा यिनी निकै माहिर छन् । मान्छेलाई मात्र
होइन, यिनले आफ्नो पार्टीलाई पनि बिरामी बनाएका छन् । उमेरले पनि बूढा
भएकाले होला, यिनले आफ्नै पार्टीलाई टाउको दुख्दा वा ज्वरो आउादा सिटामोल
होइन, मेटासिड खुवाउादै आएका छन् ।
कुरा स्पष्ट छ, प्रचण्ड–बाबुरामहरुले कार्यनीतिमा सृजनशीलता नअपनाएको भए
माओवादीको हालत भारतका नक्सलवादीको भन्दा खराब हुन सक्ने या त पेरुको जस्तो
अवस्था आउने सम्भावना थियो । तर प्रचण्ड–बाबुरामहरुले अपनाएको
सृजनशीलतामाथि माक्र्सवाद छाडेको भन्दै मोहन वैद्यहरुले लगातार आक्रमण
गर्दै आएका छन् । त्योबाहेक प्रचण्ड–बाबुरामहरुले अपनाएको सृजनशीलतामाथि
विपक्षी दलहरुले आक्रमण गर्नु त स्वनभाविकै हो । पार्टीभित्रका होउन् वा
बाहिरका, सृजनात्मक प्रयोग गर्न खोज्नेहरुमाथि पुरानो चिन्तन राख्नेहरुबाट
भएको आक्रमणको पछिल्लो उदाहरण हो यो ।
२०६० सालताका यिनी जेल परेका थिए । जेल पर्नुभन्दा केही वर्षअगाडिसम्म
यिनले प्रचण्डको निकै प्रशंसा गर्थे । उतिबेला प्रचण्डपथ पारित गराउने र
प्रचण्डपथको व्याख्या गर्नेमा सबैभन्दा अगाडि मोहन वैद्यहरु नै थिए । २०६२
सालतिर माओवादीभित्र बाबुराम र प्रचण्डको विवाद उत्कर्षमा पुगेका बेला
प्रचण्ड–बाबुरामहरुले मोहन वैद्यको ठूलो अभाव महसुस गरेका थिए । यद्यपि
त्यतिबेला मोहन वैद्य जेलमा नभएको भए, माओवादी अहिलेसम्म भारतका
नक्सलवादीको भाग २ बनिसकेको हुन्थ्यो, सायद ।
२०६२ सालताका माओवादीमा विवाद चर्कंदा बाबुराम र प्रचण्डहरुले मोहन
वैद्यलाई खुबै मिस गरेका थिए । माओवादी पार्टी त्यतिबेला फुटको साघारमा
पुग्दा छोरीमार्फत पार्टी नफुटाल्न जेलबाटै सन्देश पठाउने व्यक्ति पनि मोहन
वैद्य नै हुन् । मोहन वैद्य भएको भए अभिभावकको भूमिका खेल्ने थिएा,
पार्टीको उपचार गर्ने थिएा भन्दै बाबुराम र प्रचण्डहरु निकै रोएका पनि हुन्
। २०६२ सालको चुनवाङ बैठकमा भयंकर रुवावासी हुादा वैद्यलाई
प्रचण्ड–बाबुरामहरुले निकै मिस गरेका थिए । जेलमा हुादासम्म कुनै पनि
हालतमा पार्टी फुटाउनुहुादैन भनेर भावुक सन्देश पठाउने वैद्य जब जेलबाट
छुटे, छुट्नासाथ पार्टीमा विखण्डनको बीउ रोपे । पहिले मोहन वैद्यलाई मिस
गर्दै रोएका प्रचण्ड–बाबुरामलाई पछि जेलबाट निस्केका वैद्यले पार्टीमा
विभाजनको बीउ रोपेर धुरुक्कै रुवाए । सायद सुकरातले भनेजस्तै अन्धकारबाट
बाहिर उज्यालोमा निस्कादा वैद्यका आाखा तिर्मिराए । युद्धको भुमरीबाट खुला
राजनीतिमा आउादा यिनका आाखा तिर्मिराए । विखण्डनको बीउलाई हुर्कन नदिन
प्रारम्भदेखि नै प्रचण्डले अनेक प्रयास गरे । मोहन वैद्यसागै मिलेर अगाडि
पनि बढे, तर पनि वैद्यहरु बाउाठिन नछाडेपछि पहिले वैद्यलाई मिस गर्दै बेकार
रोइएछ जस्तो लाग्दै होला प्रचण्ड–बाबुरामलाई ।
२०६३ साल भदौमा बसेको कामीडााडा बैठकमा त्यो बीउ अंकुराइसकेको थियो ।
त्यसैले जहिले पनि विद्रोहको बाजा बजाउने मोहन वैद्यहरुलाई शान्त पार्न
शान्तिपूर्ण हिसाबले संविधानसभाको निर्वाचन हुन नसक्ने भन्दै जनविद्रोह
आवश्यक रहेको ठहरसमेत गरिएको थियो, त्यो बैठकमा । माओवादी सरकारमै रहेको
बखत २०६५ साल मंसिरको खरिपाटी भेलामा जनविद्रोहका लागि स्थिति परिपक्व भएको
भन्दै जनपिद्रोहको कार्यनीति तय गर्नुपर्ने प्रस्तावै पेस गरे मोहन
वैद्यले । मोहन वैद्यको प्रस्तावलाई समेटेको भन्दै जनताको संघीय
लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको कार्यनीति ल्याइयो, जसले माओवादीका
कार्यकर्ताहरुलाई समेत अलमलमा पारेको थियो ।
जतिबेला पनि विद्रोहको रट लगाउने मोहन वैद्यहरु यतिबेला माओवादी पार्टी
फुटाल्ने तयारीमा छन् । यो आफ्नै खुट्टामा बन्चरो हान्नुबाहेक अरु केही
हुनै सक्दैन । माक्र्सवादको सृजनात्मक प्रयोगको विरोध गर्दा मोहनविक्रमहरु
जसरी पलायन भए, त्यही बाटोमा छन्, मोहन वैद्यहरु । गलत कार्यनीतिका कारण
सबै चीज गुम्न सक्ने र सही कार्यनीतिका कारण नभएको चीज पनि प्राप्त हुन
सक्ने यथार्थलाई मोहन वैद्यहरुले लत्याउन खोजिरहेका छन् ।
अहिले वैद्य समूह जडसूत्रवादबाट ग्रस्त भएको स्पष्ट छ । अर्कातर्फ
माओवादीमा देखिएको टक्कर पनि माक्र्सवादको परम्परागत जडसूत्रीय प्रयोग र
सृजनात्मक प्रयोगबीचको टक्कर हो । परम्परागत जडसूत्रीय सोचबाट माओवादीमा
जनविद्रोहमार्फत जनवादी गणतन्त्र स्थापना गर्ने धारको नेतृत्व वैद्यसमूहले
गरिरहेको छ । क्रान्तिको पुनरावृत्ति असम्भव छ तर क्रान्तिको विकास सम्भव
भन्ने मान्यतालाई पनि वैद्यहरुले अस्वीकार गरिरहेका छन् । माक्र्सवादको
सृजनात्मक प्रयोग गर्न नजान्नेहरुले नै विकास होइन, पुनरावृत्तिको प्रयास
गर्छन् । माओवादीमा एकातिर वैद्य समूहबाट यस्तै खालको पुनरावृत्तिको प्रयास
भइरहेको छ भने अर्कातर्फ प्रतिक्रान्तिलाई रोक्ने संगठनात्मक सिद्धान्त,
विधि र मान्यताको विकास माओवादीमा भएको छैन । त्यसैले माओवादीमा जुन समूहले
माक्र्सवादको सृजनात्मक प्रयोग गर्छ त्यो प्रगतिको बाटोमा जान्छ, जुन समूह
जडसुत्रवादमा जकडिएर पुरानो ढंगकै विद्रोहको कुरा गर्छ, त्यो पतनको बाटोमा
जानेछ ।
vie. whitehimal tv