भरतपुर । नेकपा एमालेका सचिव शंकर पोखरेलले
मधेसवादी दल भारतको एजेन्ट भएको आरोप लगाउनुभएको छ । उहाँले मधेसी जनताको
अधिकारको विषयमा बोल्नुभन्दा भारतको वकालत गर्दै हिँड्ने परिपाटी मधेसी
नेताहरुमा रहेको आरोप लगाउनुभयो ।
नेकपा एमाले स्कुल विभाग चितवनले मंगलबार भरतपुरमा राखेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव पोखरेलले नेपालको हितभन्दा भारतको स्वार्थलाई सर्वोपरि राखेर मधेसी नेताहरुले वकालत गर्नेगरेको बताउनुभयो ।
मधेसी जनताको अधिकार सुनिश्चित पार्नको लागि बोल्नुपर्ने अवस्थामा भारतको प्रवक्ताको रुपमा मधेसवादी दलहरुले आफ्नो गतिविधि देखाइरहेको सचिव पोखरेलले बताउनुभयो । ‘छिमेकी राष्ट्र भारतलाई हामीले छिमेकीकै रुपमा हेर्नु पर्दछ, त्योभन्दा फरक रहेर उसैको हितमा बोल्न र गतिविधि सञ्चालन गर्न हुँदैन’, उहाँले भन्नुभयो । सबैभन्दा पहिला राष्ट्रको हितमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले भन्नुभयो, ‘आफ्नो सुरक्षाको लागि भारतले नेपालमा एक मधेस एक प्रदेश होस् भन्ने चाहेको छ । भारतको मुख्य चाहनालाई मधेसवादी दलहरुले एक स्वरमा उठाएका छन् ।’ राष्ट्रको हितलाई भन्दा भारतको चाहनाको पछाडि मधेसका नेताहरु हिँड्नु देशको लागि दुर्भाग्य भएको उहाको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा उहाँले नेपालको इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको भन्दा कमजोर सरकार नेपालमा कहिल्यै भएको थिएन । एउटा संगठित समूहले राज्यलाई थर्काउने धम्काउने काम गरिरहेको छ । यस्तो गर्दासमेत सरकार केही गर्न नसकेर चुप लागिरहेको छ ।’
संगठित समूहले जे गरेपनि प्रशासनले नियन्त्रणमा लिन नसकिरहेको भन्दै अराजकताको स्थिति दिनदिनै बढेर गएको उहाँको भनाइ थियो । संक्रमणकाल जति धेरै लम्बिदै जान्छ त्यति धेरै जटिलता, अराजकता, गुण्डागर्दी, भ्रष्टाचार वृद्धि हुँदै जाने सचिव पोखरेलको भनाइ छ ।
अहिलेको अवस्थालाई समाधान गरी राज्यलाई एउटा निकास दिन एमालेमात्र सक्षम भएको पाखरेलले बताउनुभयो । संक्रमणकालको अन्त्य गरी देशलाई उचित निकास दिन एमालेको विकल्प नेपालमा अन्य दलहरु नरहेको सचिव पोखरेलले दावी गर्नुभयो ।
संविधानसभाको विघटन गर्नमा एकीकृत माओवादी र मधेसवादी दलहरु जिम्मेवार भएको उल्लेख गर्दै सचिव पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण काम गर्न असहज भएको आरोप लगाउनुभयो । संविधान निर्माणको अन्तिम अवस्थामा आएर जातीय मुद्दालाई माओवादीले अगाडि ल्याएको र मधेसवादी दलहरु भारतको हितमा रहेर माग राखेकाले संविधानसभाको अवसान हुन पुगेको पोखरेलको भनाइ थियो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले जातीय राज्यले देशलाई बर्बादीतर्फ लैजाने दावी गर्नुभयो । संयुक्त बसोवास रहेको देशमा एकल जातीय मुद्दाले शुभ संकेत नदिने उहाँकोे भनाइ थियो । उहाँले आर्थिक समृद्धितर्फ राज्यलाई लैजान नसके भविश्य अन्यौल हुने धारणा राख्नुृ भयो ।
कृषिलाई व्यावसायिकतातर्फ लैजान नसक्दा विस्थापित हुनेहरु दिनदिनै बढ्दै गएको बताउँदै उहाँले कृषिपछिको आर्थिक क्षेत्र अहिले वैदेशिक रोजगारी रहेको धारणा राख्नुभयो । रेमिट्यान्सबाट परिवार चलिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कृषिबाट पलायन हुने अवस्था आइरहेको छ, यो हाम्रो लागि राम्रो संकेत होइन ।
कृषिलाई आधुनिकीकरण गरेर जीवनसँग जोड्नसके आम्दानी र रोजगार यहीँ रहने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ थियो ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य काशीनाथ अधिकारी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य दावादोर्जे लामालगायतले बोल्नुभएको थियो ।